भारतमा सवारी जाँचमा खटिएका दुई प्रहरी अधिकारीको गाडीले किचेर हत्या

नयाँ दिल्ली । झारखण्डको राजधानी राँचीमा बुधबार बिहान तीन बजे पिकअप गाडीले एक महिला प्रहरी अधिकारी सन्ध्या टोप्नोलाई किचेर घटनास्थलमै मृत्यु भएको हो ।
सूचना पाएलगत्तै हटियाका डीएसपी राजाकुमार मित्रा, धुर्वा र जगरनाथपुर प्रहरी चौकी इन्चार्जसहित धेरै प्रहरी घटनास्थल पुगेका थिए । त्यसपछि महिला प्रहरीको शव पोष्टमार्टमका लागि रिम्स पठाइएको थियो । सन्ध्या तोप्नो २०१८ ब्याचकी सब इन्स्पेक्टर थिइन् । महिला प्रहरीको हत्या गरेको आरोपमा एक संदिग्धलाई पक्राउ गरेको छ ।
यसैक्रममा शंकास्पद गाडीले गस्ती गर्ने गाडीलाई पनि ठक्कर दिएको थियो र सोही क्रममा सवारी चेकजाँचको नेतृत्व गरिरहेकी महिला प्रहरी अधिकृत सन्ध्या तोप्नोलाई पनि गाडीले ठक्कर दियो । ठक्करलगत्तै अस्पताल पुर्याएपछि उनलाई मृत घोषणा गरिएको थियो ।
यस्तै मंगलबार राति हरियाणाको गुरुग्रामसँग जोडिएको नूह जिल्लाको तवाडु थाना क्षेत्रअन्तर्गत पचगाउँमा डम्परको ठक्करबाट तवाडुका प्रहरी नायब उपरीक्षक सुरेन्द्र सिंह बिश्नोईको मृत्यु भएको हो । सुरेन्द्र सिंह डम्पर चालकको कागजात जाँच गर्दै थिए । प्रहरीले यस घटनामा संलग्न एक अभियुक्तलाई पनि पक्राउ गरेको छ ।
प्रहरी अधिकारीको हत्यापछि पूरै क्षेत्रमा तनावको वातावरण छ । प्रहरीलाई उच्च सर्तकतामा राखिएको छ । अवैध उत्खनन गरेको उजुरीका आधारमा सुरेन्द्र सिंह मंगलबार दिउँसो १२ बजे दुई प्रहरी, एक चालक र एक बन्दुकधारीसहित छापा मार्न गएका थिए ।
सन् १९९४ मा एएसआईमा भर्ना भएका सुरेन्द्र सिंह तवाडुमा डीएसपी पदमा खटिएका थिए । उनको चार महिनापछि अवकाश हुने थियो ।
प्रतिक्रिया