राजीनामा दिँदा दुःखी छु : दासानायके
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेकाे बताएका छन् ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै दासानायकेले व्यक्तिगत कारणले राजीनामा दिएको बताए । उनले राजीनामा दिनुपरेकोमा आफू दुःखी भएको बताए ।
’मेरो व्यक्तिगत कारणले राजीनामा दिएको हुँ । यसमा दुःखी छु,’ उनले भने ।
श्रीलंकन मुलका क्यानेडियन नागरिक दासानायके दोस्रोपटक नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् । भएको ८ महिनामै उनले राजीनामा दिएका हुन् ।
दासानायकेलाई नेपालका एक सफल क्रिकेट प्रशिक्षकको रुपमा लिइन्छ । तर, दोस्रो कार्यकालमा उनी सफल भएनन् ।
उनकै प्रशिक्षणमा नेपालले सन् २०१४ मा आइसिसी टि–ट्वान्टी विश्वकप खेलेको थियो । हालसम्म यो नै पहिलो र एकमात्र विश्वकप बनेको छ ।
यद्यपि, उनको दोस्रो कार्यकाल भने सफल हुन सकेन । किनकि, नेपालले अहिले खराब प्रदर्शन गरिहेको छ ।
दासानायकेले आज अकस्मात राजीनामा दिने घोषणा गरेका हुन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया