अब लाइसेन्स परीक्षा उत्तीर्ण मात्र इन्जिनियर हुने
काठमाडौं । अब इन्जिनियर अध्ययन पूरा भएपछि नेपाल इन्जिनियरिङ परिषद्को लाइसेन्स परीक्षा उत्तीर्णले मात्र नेपालमा इन्जिनियरिङ पेसा गर्न पाउने कानूनी व्यवस्था हुने भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकले नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को पहिलो संशोधन २०७६ पास गरेको छ । यसअघि हिउँदे अधिवेशनबाट यो ऐन रचाष्ट्रियसभाबाट पास भइसकेको छ । विधान व्यवस्थापन समितिका सचिव मनोजकुमार गिरीका अनुसार बुधबार राष्ट्रियसभाले सन्देश प्राप्त गरिसकेको छ ।
नयाँ व्यवस्थाअनुसार अब स्वदेश तथा विदेशी जुनसुकै कलेज वा विश्वविद्यालयबाट इन्जिनियरिङ विषय पास भएका विद्यार्थीले नेपालमा काम गर्ने काउन्सिलले लिने सय पूर्णांकको लिखित परीक्षा दिनुपर्छ । तोकिएको पास अंक उत्तीर्ण हुने विद्यार्थीले मात्र इन्जिनियरिङ पेसा गर्न पाउनेछन् ।
हाल इन्जिनियरिङ अध्ययन गरेकाले आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रले मात्र लाइसेन्स पाउने गरेका छन् । नागरिक दैनिकमा खबर छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया