स्याङ्जामा पोखरीमा डुबेर बाबुछोराको मृत्यु

स्याङ्जा । जिल्लाको गल्याङ–६, पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए ।
तत्काल उद्धार गरी वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा पुर्याइएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको थियो ।
ताजा अपडेट
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
प्रतिक्रिया