कंगनाको ‘इमरेन्जी’ फिल्मप्रति कांग्रेसको आपत्ति
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावतको आगामी फिल्म ‘इमर्जेन्सी’ विवादमा परेको छ । कांग्रेसले यस फिल्ममा इन्दिरा गान्धीको छवि बिगार्ने प्रयास गरिएको भन्दै आपत्ति जनाएको छ ।
साथै उनले फिल्म रिलिज अगावै कांग्रेसलाई पनि देखाउनुपर्ने बताएका छन् । सन् १९७५ देखि १९७७ सम्म भएको आपतकालमा आधारित फिल्मको छायांकन जारी छ ।
मध्यप्रदेशको कांग्रेस मिडिया विभागकी उपाध्यक्ष संगीता शर्माले कंगनालाई भाजपाको एजेन्ट भनेकी छन् । साथमा उनले कंगनाले आफ्नो छवि खराब गर्न भाजपाको निर्देशनमा प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गरिरहेको बताइन् । संगीताले फिल्म रिलिजअघि कांग्रेसलाई देखाउन माग गरेकी छन् ।
तर, भाजपाले फिल्मलाई लिएर कांग्रेसको आपत्तिलाई उनीहरुको ‘नर्भसनेस’ भएको बताएको छ। मध्यप्रदेश भाजपाका अध्यक्ष राजपाल सिंह सिसोदियाले संकटकाल देशको लोकतन्त्रमा कालो धब्बा भएको र त्यसबेला ‘हिरोइन’ इन्दिरा गान्धी थिइन्, त्यसैले उनले चिन्ता नलिनुपर्ने बताए ।
१४ जुलाईमा ‘इमरजेन्सी’को टिजर रिलिज भएको थियो र त्यसबेलादेखि सामाजिक सञ्जालमा नम्बर १ ट्रेन्डिङमा छ । यस फिल्ममा कंगना प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् । यसका साथै यो चलचित्रलाई पनि कंगनाले निर्देशन गरिरहेकी छिन् । ‘मणिकर्णिका’ र ‘थलाइवी’ पछि कंगनाको यो तेस्रो बायोपिक हुनेछ । कंगना पछिल्लोपटक ‘धाकड’ मा देखिएकी थिइन् ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया