सत्तारुढ दलकै प्रमुख सचेतकको आरोप : अर्कै नामबाट एसपिपी ब्युँताउने कोशिस भइरहेको छ
काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक देव गुरुङले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपिपी) अर्कै नाम राखेर ब्युँताउने कोशिस भइरहेको बताएका छन् ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेपालले एसपिपी स्वीकार नगर्ने भनेपछि त्यही विषय राखेर अर्को नाममा सम्झौता गर्न खोजेको आशंका व्यक्त गरे ।
सांसद गुरुङले एसपिपीबारे मन्त्रिपरिषद्ले गरेको निर्णय पत्राचार गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराए । उनले यसबारे सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन् ।
मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालयले आनाकानी गरेको भन्दै उनले आपत्तिसमेत जनाए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया