NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

मानेले जिते अफ्रिकन फुटबलर अफ द इअरको उपाधि

काठमाडौं । सेनेगलका साडियो मानेले अफ्रिकन फुटबलर अफ द इअरको उपाधि जितेका छन् ।

अफ्रिकाको उत्कृष्ट फुटबलर मनोनयनमा मानेसँगै मोहमद सलाह र एडुअर्डो मेन्डी परेका थिए । यी दुवैलाई पछि पार्दै माने उपाधि जित्न सफल बनेका हुन् ।

अफ्रिका फुटबल महासंघ (काफ) का तर्फबाट माने दोस्रोपटक अफ्रिकन वर्ष खेलाडी चयन भएका हुन् ।

मानेले यस वर्षको अफ्रिका कप अफ नेसनको उपाधि सेनेगललाई दिलाएका थिए ।

‘यो वर्षको ट्रफी प्राप्त गर्दा म धेरै धेरै खुसी भएको छु,’ ३० वर्षीय मानेले पुरस्कार ग्रहणपछि भनेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष