NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

चलचित्र ‘म’ को ट्रेलर सार्वजनिक

काठमाडौं । साउन २० गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘म’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रलाई सुर्वण थापा निर्देशन गरेका हुन् ।

बिहीबार सार्वजनिक गरिएको ट्रेलरमा एक अपराधिक घटनाको छानबिनमा रहेका विभिन्न पात्रलाई देखाइएको छ ।

‘म’ कान्तिपुर फिल्म एकेडेमीले पहिलोपटक निर्माण गरेको चलचित्र हो ।

चलचित्रमा निराजन प्रधान, रुविना थापा, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली र पुनम श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

उक्त चलचित्र तेन्जिन पाल्देनले छायांकन गरेका हुन् भने बनिस शाहले सम्पादन गरेका छन् । विमला हुमागाईं निर्माता रहेको चलचित्रमा पदम पुरी सह निर्माता रहेका छन् ।