चलचित्र ‘म’ को ट्रेलर सार्वजनिक
काठमाडौं । साउन २० गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘म’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रलाई सुर्वण थापा निर्देशन गरेका हुन् ।
बिहीबार सार्वजनिक गरिएको ट्रेलरमा एक अपराधिक घटनाको छानबिनमा रहेका विभिन्न पात्रलाई देखाइएको छ ।
‘म’ कान्तिपुर फिल्म एकेडेमीले पहिलोपटक निर्माण गरेको चलचित्र हो ।
चलचित्रमा निराजन प्रधान, रुविना थापा, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, नरेन खड्का, संजोग रसाइली र पुनम श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
उक्त चलचित्र तेन्जिन पाल्देनले छायांकन गरेका हुन् भने बनिस शाहले सम्पादन गरेका छन् । विमला हुमागाईं निर्माता रहेको चलचित्रमा पदम पुरी सह निर्माता रहेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया