NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

सामाजिक सञ्जालबाट महिलाकाे चरित्र हत्या गरेको आरोपमा इनड्राइभरका चालक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा तेस्रो लिङ्गीको तस्बिर र महिलाको सम्पर्क विवरण समेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ६ बौद्धबस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ५ स्थायी घर भएका इनड्राइभरका ट्याक्सी चालक २४ वर्षीय कर्म वाङ सिङ लामा रहेका छन् ।

प्रहरीका अनुसार कर्मले सामाजिक सञ्जाल फेसबुकमा नक्कली एकाउन्टमार्फत पीडितको तस्बिर अपलोड गरी पीडितका साथीहरूसँग पैसासमेत माग्ने र सामाजमा झुठा हल्ला फैलाउनुका साथै सोही नक्कली एकाउन्ट प्रयोग गरी स्टडी म्याटिरियल नामक म्यासेन्जर ग्रुपमा अर्की पीडित महिलाको पेशा देह व्यापार हो भन्ने आशयका शब्दहरू पोष्ट गरेका थिए ।

साथै पीडित महिलाले इनड्राइभर नामक राइडर एप्लिकेसन प्रयोग गर्ने क्रममा दिएको नाम, ठेगाना र मोबाइल नम्बरसहितको विवरणको दुरुपयोग गरी पोर्न साइटमा समेत पीडितको व्यक्तिगत विवरण सेयर गरेको खुल्न आएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष