जर्मनी सेमिफाइनलमा, आज राति स्विडेन र बेल्जियम भिड्दै
काठमाडौं । छिमेकी देश अष्ट्रियालाई पाखा लगाउँदै जर्मनी महिला युरोपियन च्याम्पियनसिप फुटबल (युरोकप)को सेमिफाइनलमा प्रवेश गरेको छ ।
इंग्ल्याण्डमा जारी प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा अष्ट्रियालाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम चारमा पुगेको हो ।
जर्मनीलाई जित दिलाउन लिना मागुल र एलेक्जेन्ड्रा पपले एक एक गोल गरिन् ।
खेलको २५ औं मिनेटमा मागुलले गोल गर्दै जर्मनीलाई १–० अग्रता दिलाएकी थिइन् भने ९० औं मिनेटमा पपले गोल गर्दै जर्मनीको जित पक्का गरिन् ।
अब जर्मनीले सेमिफाइनलमा फ्रान्स र नेदरल्यान्ड्सबीचको विजेतासँग खेल्नेछ ।
तेस्रो क्वार्टरफाइनल खेल आज राति पौने १ बजे हुँदैछ । जसमा स्विडेन र बेल्जियम आमने–सामने हुँदैछन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया