श्रीमानले जन्मदिनमा दिए चन्द्रमाको जग्गा उपहार
काठमाडौं । ४६ वर्षकी पूजा महाजनको जन्मदिनमा श्रीमानले चन्द्रमाको एक टुक्रा जग्गा किनेर उपहार दिएका छन् । उनको श्रीमान हरीश महाजनले श्रीमतीको जन्मदिन विशेष बनाउन उनलाई चन्द्रमामा जग्गा किनेर दिएका हुन् ।
उनीहरुको विवाह भएको १३ वर्ष पुरा भएको छ । साथै उनीहरुको ११ वर्षको एक छोरासमेत छन् । उनको जन्मदिनको दिन राति १२ बजे केकसँग एक कागज दिएको उनले बताइन् । उनका अनुसार उक्त कागज चन्द्रमामा जग्गा किनिएको थियो, जसमा उनको नाम लेखिएको थियो । उनीहरुको रियल स्टेट बिजनेस छ ।
उनी र उनको श्रीमान सोही विजनेस समाल्दै आएका छन् । उक्त जग्गा किन्नका लागि उनका श्रीमानले २ वर्षदेखि तयारी गरेको उनले बताइन् । तर उनलाई यो कुरा भने थाहा थिएन ।
जग्गाका लागि न्यूयोर्कको अन्तराष्ट्रिय लुनर ल्यान्ड सोसाइटीमा उनका श्रीमानले आवेदन दिएका थिए । यो जग्गा लेक अफ ड्रिम्समा रहेको छ । समयको विकाससँगै चन्द्रमामा घर बनाउने पूजाको विश्वास छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया