श्रीमानले जन्मदिनमा दिए चन्द्रमाको जग्गा उपहार
काठमाडौं । ४६ वर्षकी पूजा महाजनको जन्मदिनमा श्रीमानले चन्द्रमाको एक टुक्रा जग्गा किनेर उपहार दिएका छन् । उनको श्रीमान हरीश महाजनले श्रीमतीको जन्मदिन विशेष बनाउन उनलाई चन्द्रमामा जग्गा किनेर दिएका हुन् ।
उनीहरुको विवाह भएको १३ वर्ष पुरा भएको छ । साथै उनीहरुको ११ वर्षको एक छोरासमेत छन् । उनको जन्मदिनको दिन राति १२ बजे केकसँग एक कागज दिएको उनले बताइन् । उनका अनुसार उक्त कागज चन्द्रमामा जग्गा किनिएको थियो, जसमा उनको नाम लेखिएको थियो । उनीहरुको रियल स्टेट बिजनेस छ ।
उनी र उनको श्रीमान सोही विजनेस समाल्दै आएका छन् । उक्त जग्गा किन्नका लागि उनका श्रीमानले २ वर्षदेखि तयारी गरेको उनले बताइन् । तर उनलाई यो कुरा भने थाहा थिएन ।
जग्गाका लागि न्यूयोर्कको अन्तराष्ट्रिय लुनर ल्यान्ड सोसाइटीमा उनका श्रीमानले आवेदन दिएका थिए । यो जग्गा लेक अफ ड्रिम्समा रहेको छ । समयको विकाससँगै चन्द्रमामा घर बनाउने पूजाको विश्वास छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया