वार्षिक पचास लाख पर्यटक ल्याउन सकिन्छ : विनोद चौधरी

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नेपालमा वार्षिक पचास लाख पर्यटक ल्याउन सकिने बताएका छन् । प्रतिनिधिसभाका सदस्यसमेत रहेका चौधरीले राजनीतिक सुझबुझपूर्ण निर्णय र कुशल व्यवस्थापन गर्न सके आगामी पाँच वर्षभित्रै यो लक्ष्य भेटाउन सकिने बताएका हुन् ।
नेपालवाच डटकमले उत्पादन गरेको कार्यक्रम पोलिसि संवादमा संचालक प्रा.डा. गोविन्द पोखरेलसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
‘पाँच वर्षमा देशमा ५० लाख पर्यटक ल्याउन सकिन्छ’ केन्द्रीय सदस्य चौधरीले भने, ‘धेरै टाढा जानुपर्दैन, भारत र चीनबाट मात्रै पनि यति संख्यामा पर्यटक ल्याउन सकिन्छ ।’ यसको लागि राजनीतिक नेतृत्वले वातावरण निर्माण गरिदिने हो भने मात्र पनि युवा पुस्ताको अग्रसरताबाटै नेपाली पर्यटन उद्योगमा कायापलट गर्न सकिने धारणा चौधरीको छ ।
हाल सञ्चालनमा रहेका दुईवटासहित निकट भविष्यमै तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल चालु अवस्थामा रहने प्रसंग उठाउदै चौधरीले तीनको अधिकतम प्रयोग गर्नु पर्नेमा जोड दिए ।
‘हाम्रा अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई अधिकतम उडानहरु, नयाँ गन्तब्य खोज्ने काममा गम्भिरता पुर्वक लाग्नुपर्छ’ चौधरीले भने, ‘एयरपोर्ट म्यानेजमेन्ट भनेर एयरपोर्टमा कुच्चो लाउने हैन, नयाँ नयाँ एयरलाइनहरु जोड्ने हो । नयाँ नयाँ डेस्टिनेशनलाई जोड्ने हो ।’
नेपाललाई सस्तो र उपयुक्त पर्यटकिय गन्तब्यको रुपमा विकास गर्ने नीति बनाउन पर्नेमा जोड दिदै चौधरीले भने ‘नेपाल इज द चिपेस्ट एण्ड द मस्ट प्रपर डेस्टिनेशन भन्ने सन्देश प्रभाव गर्नुपर्छ ।’ यो गर्न धेरै अफ्ठेरो नभएको भन्दै चौधरीले गर्न सकिने भएकोले लाग्नु पर्ने आवश्यकता औल्याएका छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया