साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । भारतको भुवनेश्वरमा आयोजना हुने यु–२० पुरुष साफ च्याम्पियनसिपमा सहभागिता जनाउन जाने नेपाली फुटबल टोलीलाई आज बिदाइ गरिएको छ ।
यही साउन ९ देखि २० गतेसम्म आयोजना हुने उक्त च्याम्पियनसिपमा सहभागी हने नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङलगायत एन्फाका पदाधिकारीले सफलताको गर्दै बिदाइ गरेका हुन् ।
उक्त प्रतियोगितामा आयोजक भारतसँगै नेपाल, बङ्गलादेश, माल्दिभ्स र श्रीलंका गरी पाँच टोलीको सहभागिता रहेको छ । नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै उक्त प्रतियोगिता उद्घाटन गर्नेछ । उक्त खेल यही साउन ९ गते हुनेछ । यसैगरी नेपालले दोस्रो खेल साउन ११ गते श्रीलङ्कासँग र तेस्रो खेल आयोजक भारतसँग खेल्नेछ ।
नेपाल र भारतबीचको खेल साउन १५ गते हुनेछ । त्यस्तै नेपालले साउन १७ गते बङ्गलादेश खेल्ने छ । प्रतियोगितामा शीर्ष दुई स्थान हात पार्ने टोलीले यही साउन २० गते अन्तिम चरणको खेल्नेछन् ।
नेपाली टोलीको गोलकिपरमा ईश्वर गुरुङ, उनेश चौधरी र जियारथ शेख छन् । यसैगरी डिफेन्डरमा अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सिर्जन धानी, रोशन थापा र अभिषेक वाइवा रहेका छन् ।
मिडफिल्डरमा दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिषरत्न छुन्जु, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान छन् भने फरवार्डमा दिपेश राई, निरञ्जन मल्ल र रोहन खड्गी रहेका छन् । नेपाली टोली आजै त्यसतर्फ प्रस्थान गर्दैछन् ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया