प्रेस युनियनले घटायो मनोनयन शुल्क
हेटौंडा । नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनमा उम्मेद्वारहरूका लागि तोकेको मनोनयन शुल्क विरोध पछि घटाइएको छ ।
उम्मेदवारी दर्ता शुल्क बढी भएको भन्दै प्रतिनिधि र उम्मेदवारहरूले विरोध गरेपछि निर्वाचन समितिले दस्तुर घटाएको हो ।
नयाँ दस्तुर अनुसार अध्यक्षको उम्मेदवारी दर्ता गर्दा २० हजार, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सचिव तथा केन्द्रीय लेखा समिति संयोजकले जनही १० हजार रूपैँया उम्मेद्वार शुल्क बुझाउनुपर्नेछ ।
यसअघि अध्यक्षकाे लागि ३० हजार, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवका लागि २५ हजार र कोषाध्यक्ष, सचिव तथा केन्द्रीय लेखा समिति संयोजककाे २० हजार शुल्क ताेकिएकाे थियाे ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया