NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

ललितपुर महानगरपालिकालाई राफ्ट इलेक्ट्रिक स्कुटर हस्तान्तरण

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा ललितपुर महानगरपालिकालाई ५ थान राफ्ट इलेक्ट्रिक स्कुटरहरु हस्तान्तरण गरेका छ । स्कुटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुन महानगरपालिकाले हस्तान्तरण गरेको हो ।

आइएमई इलेक्ट्रिक प्रालि राफ्ट इलेक्ट्रिक स्कुटरहरु नेपालको लागि आधिकारिक बिक्रेता हो । महानगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । एकपटक फुल चार्जमा १०० किमि रेन्जसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ ।

अधिक्तम किमि बलियो बनावट साथै अधिक पर्फर्मेन्स दिनसक्ने भएकाले सो स्कुटरहरु खरिद गरिएको महानगरपालिकाले बताएको छ ।
भारतमा उत्पादित राफ्ट स्कुटर, वारिअर साथै टीस्टा, इण्डुस, नुब्रा , जिस्पासमेत नेपालमा उपलब्ध मोडलहरु हुन । कि लेस स्टार्ट, रिमोट लक्किङ, रीवर्से गिएअर, थेफ्त अलर्मसमेत रहेको छ । सेगमेटकै अधिक्तम ३२० किमि रेन्ज दिन सक्ने स्कूटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

चिरिबाबु महर्जनले नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई उक्त स्कुटर अझ सुबिधाजनक हुने बताए । नगर प्रमुख सिताराम हाछेथुले क्विक रेसपोन्स टिमले सो स्कुटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताउँदै महानगरलाई धन्यवादसमेत व्यक्त गरे ।