बागमति प्रदेशमा बढ्यो भाडादर

काठमाडौं । श्रम रोजगार तथा यातायात मन्त्रालयले बागमति प्रदेशको भाडादर बढाएको छ । मन्त्रालयले भाडावृद्धिपछि पनि काठमाडौं उपत्यकामा सुरुको भाडादर अर्थात् ५ किलोमिटरसम्मको गाडीभाडा २० रुपैयाँ नै कायम रहेको जनाएको छ ।
त्यस्तै १० किलोमिटरसम्मको भाडा भने २५ रुपैयाँ बाट बढेर २७, १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२, २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटर भन्दा माथिको भाडा ३८ बाट ४० पुगेको छ ।
मन्त्रालयका अनुसार उपत्यकाबाहिरका क्षेत्रमा भने यसअघिको भाडामा ८.३९ प्रतिशतले वृद्धि गर्ने छ । उक्त भाडादर साउन ५ गतेदेखि लागू हुने छ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया