अस्ट्रेलिया उड्दै प्रभुराम, कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी कार्कीलाई

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा इन्डो प्यासफिक कमान्डद्वारा आयोजित विभिन्न मुलुकका सैनिक प्रमुखहरूको एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शनिबार अष्ट्रेलिया जाने भएका छन् ।
अष्ट्रेलिया प्रस्थान गर्नुपूर्व प्रधानसेनापति शर्मालाई सैनिक मुख्यालयमा नेपाली सेनाको एक टुकडीद्वारा सम्मान गारत अर्पण गरिएको थियो ।
एसिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखको उपस्थितिमा हुने सम्मेलनमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षलाई समेटी विविध सुरक्षाका विषयमा छलफल हुनेछ ।
उक्त सम्मेलन साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा हुन लागेको हो । सम्मेलनमा विसं २०५६ देखि नेपाली सेनाले निरन्तर सहभागिता जनाउँदै आएको छ ।
सहभागी राष्ट्रका सेना प्रमुखबीच अन्तर्राष्ट्रिय सुरक्षा वातावरण, प्रविधि, रणनीतिक सोच लगायतका समसामयिक विषयमा छलफल, अन्तरक्रिया तथा विचार आदानप्रदान हुनेछन् ।
यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्भावमा थप विस्तार हुन गई सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने नेपाली सेनाले जनाएको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया