भारतसँग वेस्ट इण्डिज पराजित
काठमाडौं । भारतले घरेलु टोली वेस्ट इण्डिजलाई हराएको छ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा भारतले वेस्ट इन्डिजलाई ३ रनले हराएको हो ।
भारतले वेस्ट इण्डिजलाई ३ सय ९ रनको लक्ष्य दिएकोमा ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ५ रनमा रोकियो ।
वेस्ट इन्डिजका लागि केली मेयर्सले ७५ र ब्राण्डन किङले ५४ रनको अर्धशतकीय इनिङ खेले । त्यसैगरी, ब्रोक्सले ४६, रोमारियो शेफार्ड ३९ र अकिल होसेन ३२ रनको योगदान दिए ।
यस क्रममा भारतका मोहमद सिराज, शार्दुल ठाकुर र युजभेन्द्र चाहलले २÷२ विकेट लिएका थिए ।
भारतका कप्तान शिखर धवन, सुबसन गिल र श्रेयस आयरले अर्धशतकीय इनिङ खेले । उनीहरूले क्रमशः ९७, ६४ र ५४ रन जोडे ।
वेस्ट इन्डिजका अल्जारी जोसेप र गुडाकेश मोटीले २÷२ विकेट लिए ।
योसँगै भारतले ३ खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ ।
अब यी दुई टोलीबीच अर्को खेल आइतबार हुनेछ । अन्तिम खेल भने बुधबारका लागि तय छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया