भारतसँग वेस्ट इण्डिज पराजित

काठमाडौं । भारतले घरेलु टोली वेस्ट इण्डिजलाई हराएको छ । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा भारतले वेस्ट इन्डिजलाई ३ रनले हराएको हो ।
भारतले वेस्ट इण्डिजलाई ३ सय ९ रनको लक्ष्य दिएकोमा ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ५ रनमा रोकियो ।
वेस्ट इन्डिजका लागि केली मेयर्सले ७५ र ब्राण्डन किङले ५४ रनको अर्धशतकीय इनिङ खेले । त्यसैगरी, ब्रोक्सले ४६, रोमारियो शेफार्ड ३९ र अकिल होसेन ३२ रनको योगदान दिए ।
यस क्रममा भारतका मोहमद सिराज, शार्दुल ठाकुर र युजभेन्द्र चाहलले २÷२ विकेट लिएका थिए ।
भारतका कप्तान शिखर धवन, सुबसन गिल र श्रेयस आयरले अर्धशतकीय इनिङ खेले । उनीहरूले क्रमशः ९७, ६४ र ५४ रन जोडे ।
वेस्ट इन्डिजका अल्जारी जोसेप र गुडाकेश मोटीले २÷२ विकेट लिए ।
योसँगै भारतले ३ खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ ।
अब यी दुई टोलीबीच अर्को खेल आइतबार हुनेछ । अन्तिम खेल भने बुधबारका लागि तय छ ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया