शिक्षक भर्तीमा घोटाला गरेको आरोपमा भारतीय मन्त्री पक्राउ

काठमाडौं । भारतको प्रवर्तन निर्देशनालय (इडी) ले पश्चिम बंगालमा शिक्षक भर्ती घोटालामा संलग्नको आरोपमा ममता बेनर्जी सरकारका मन्त्री पार्थ चटर्जीलाई पक्राउ गरेको छ।
करिब २६ घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको बिबिसी हिन्दीले जनाएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार पार्थ चटर्जीबाहेक अर्पिता मुखर्जीलाई पनि हिरासतमा लिइएको छ ।
पार्थ चटर्जी हाल पश्चिम बंगाल सरकारमा उद्योग तथा वाणिज्य मन्त्री छन्। पार्थको स्वास्थ्य बिग्रँदै गएपछि शनिबार बिहान चिकित्सकको टोली घर बोलाइएको थियो ।
तृणमूल कांग्रेसले यो रकमसँग पार्टीको कुनै सरोकार नभएको बताएको छ । तर विपक्षी भाजपा र सीपीएमले यसलाई भ्रष्टाचारको नमुना भनेका छन्।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया