NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

नेपाल पर्यटन बोर्डद्धारा कोरिया अल्पाइन महासंघसँग सम्बन्ध स्थापना

काठमाडौं । नेपाल पर्यटन बोर्डले कोरियामा नेपाली पर्यटन प्रवर्द्धन गर्न कोरिया अल्पाइन महासंघसँग २२ जुलाई २०२२ मा समझदारीपत्रमा हस्ताक्षर गरेको छ । नेपाल पर्यटन बोर्डका अध्यक्ष महेश्वर न्यौपाने, कोरिया अल्पाइन महासंघ (केएएफ) का अध्यक्ष डा सुन जङ हुले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

समझदारीपत्रमा दुवै देशको पर्यटन प्रवर्द्धनका लागि आपसी सहयोग र सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको छ । सो अवसरमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र कार्यकारी समिति सदस्यहरु मदन आचार्य र श्री ङावा ङ्गिमा शेर्पाको समेत सहभागिता रहेको थियो ।

कोरिया गणतन्त्रको सबैभन्दा ठूलो छाता खेल संगठन अल्पाइन क्लबले नेपालमा खेलकुद पर्यटन, मुख्यतया साहसिक खेललाई प्रवर्द्धन गर्न सहमत भएको छ । समझदारीपत्र हस्ताक्षर समारोहका अवसरमा केएएफका अध्यक्ष हुओले नेपालको विश्वस्तरीय साहसिक खेलकुद गतिविधि र कोरियाबाट आउने पर्यटकका लागि ठूलो आकर्षणको रुपमा रहेको विशाल सम्भावना रहेको उल्लेख गरे ।

उनले नेपालमा खेलकुद उत्पादनको स्तरोन्नति र विकासका लागि लगानीका साथै योगदान पु-याउन पनि इच्छुक रहेको समेत बताए। सोही अवसरमा पर्यटन सचिव न्यौपानेले नेपाललाई खेलकुद गन्तव्यका रूपमा विशेष रूपमा प्रवद्र्धन गर्न केएएफले चासो र सहकार्यका लागि धन्ववाद ज्ञापन गरे ।

सो अवसरमा केही दिनमै मुस्ताङमा पदयात्राका लागि आउन लागेका कोरियाका युवा ट्रेकर्सको समुहलाई नेपालको बारेमा जानकारी गराई अन्य युवा सहभागीहरुलाई नेपालको प्रकृति र संस्कृतिमा आधारित विभिन्न गतिविधिको अनुभव गर्न प्रोत्साहित गरिएको थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव न्यौपानेले नेपाल कल्चर,नेचर र एड्भेन्चरका हिसावले उत्कृष्ट गन्तव्य भएको भन्दै नेपाल यात्रामा निस्किन लागेका ट्रेकर्सको समुहलाई सफल यात्राको शुभकामना व्यक्त गरे ।

यस्तै सोही अवसरमा नेपाली प्रतिनिधिमण्डलले ग्रान्डस्लाम (१४ं७ं२) कीर्तिमान राख्ने पर्वतारोही, अन्नपूर्ण हिमालमा आफ्नो ज्यान गुमाएका पार्क यङ–सियोकको नाममा रहेको ऐतिहासिक स्पोर्टस् स्कूल कम म्युजियमको पनि भ्रमण गरेका थिए ।

पार्कले सबै १४ वटा आठ हजार, प्रत्येक महाद्वीप र उत्तर र दक्षिण ध्रुवबाट सबैभन्दा अग्लो चुचुरो आरोहण गर्ने नयाँ रेकर्ड बनाएका थिए । नेपाली प्रतिनिधिमण्डललाई भेटेर निकै हर्षित पार्ककी श्रीमतीको निमन्त्रणामा यो भ्रमण आयोजना गरिएको थियो ।

माउन्ट अन्नपूर्ण हिमाल जस्तै देखिने गरी डिजाइन गरिएको संग्रहालयमा पर्वतारोहण गियर्स पार्क प्रयोग गरिएको छ र नेपाललाई सबैभन्दा गहिरो रूपमा हाइलाइट गर्ने व्यापक चित्र र भिडियोहरू रहेका छन् ।

कोरियाका सरकार, विभिन्न संघसंस्था र जनताको व्यापक सहयोगमा सङ्ग्रहालय सञ्चालन गर्दै आएकी पार्ककी श्रीमतिले नेपालप्रति आफ्नो लगाव प्रकट गर्दै आफू र आफ्नो सम्पूर्ण टोलीले सक्दो माध्यमबाट नेपालको प्रवद्र्धनका लागि प्रयासरत रहेको बताए ।