स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन् ।
मधुमेह बढेपछि उपचारका लागि उनलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकयसचिव मनोज लिम्बूले जानकारी दिए ।
वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना भएको बताए ।
उनका अनुसार मन्त्री खापुङको अहिले वीरको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ । ‘उहाँको प्रारम्भिक जाँच गरिएको छ । स्वास्थ्य अवस्था पनि राम्रो छ,’ डा बस्नेतले भने, ‘जाँचको रिर्पोट आएपछि के रहेछ भन्ने थाहा हुन्छ ।’
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया