NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

१९ वर्षपछि विश्व एथ्लेटिक्समा चोपडाले दिलाए भारतलाई पदक

काठमाडौं । टोकियो ओलम्पिक च्याम्पियन नीरज चोपडाले विश्व एथलेटिक्स च्याम्पियनसिपमा पुरुष भाला थ्रोतर्फ रजत पदक जितेका छन् । उनले चौथो प्रयासमा ८८.१३ को लामो थ्रो बनाए।

ग्रानाडाका एन्डरसन पिटर्सले स्वर्ण जितेका छन् । आफ्नो अन्तिम थ्रोमा उत्कृष्ट प्रदर्शन गर्दै उनले ९० दशमलव ५४ मिटर टाढा भाला फ्याँके । चेक गणतन्त्रका जाकोब वाड्लेले कास्य पदक जितेका छन् ।

कुनै भारतीयले विश्व एथलेटिक्स च्याम्पियनसिपमा पदक दिलाएको यो १९ वर्षपछिको पहिलो घटना हो । यसअघि सन् २००३ मा महिलाको लामो जम्पमा अन्जु बबी जर्जले कास्य पदक जितेकी थिइन् ।

नीरज चोपडाले आफ्नो पहिलो तीन थ्रो पछि पनि शीर्ष तीनमा स्थान बनाउन सकेनन्। तर चौथो राउण्डमा पुनरागमन गर्दै उनी दोस्रो स्थानमा आए । विश्व च्याम्पियनसिपको खेलमा ग्रेनाडाका एन्डरसन पिटर्स सुरुदेखि नै पहिलो स्थानमा थिए र अन्तिम राउण्डमा उत्कृष्ट प्रदर्शन गर्दै खेल जितेका थिए । अन्तिम थ्रोमा उनले ९० दशमलव ५४ मिटरको दूरी थ्रो गरे ।

भारतले नीरज चोपडाबाट स्वर्ण पदकको अपेक्षा गरेको थियो । र, उनी पक्कै पनि बलियो दावेदार थिए । तर उनको पहिलो तीन थ्रो पछि त्यो आशा धुमिल भयो।

नीरजले फाउलबाट सुरु गरे र ८२.३९ मिटरको दोस्रो प्रयासमा खेलमा रहे। उनले आफ्नो तेस्रोमा ८६.३७ को राम्रो थ्रोका साथ यसलाई सुधार गरे तर यस समयसम्म उनी शीर्ष तीनभन्दा बाहिर थिए।

तर, चौथो प्रयासपछि उनी दोस्रो स्थानमा आए । योसँगै भारतका लागि रजत पदक पक्का भएपनि नीरजको पाँचौं र छैटौं राउण्डमा भएको फउलका कारण उनी स्वर्ण पदकबाट टाढा रहे ।

यसअघि, अन्जु बबी जर्ज २००३ मा विश्व एथलेटिक्स च्याम्पियनशिपमा कास्य पदक जित्ने एकमात्र भारतीय थिइन्। लामो जम्पमा उनले यो पदक जितेकी थिइन् ।

नीरज चोपडाले स्वर्ण पदक जितेको भए ओलम्पिक च्याम्पियनसँगै विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने पुरुष भाला थ्रोमा विश्वकै तेस्रो खेलाडी बन्ने थिए । नर्वेका एन्ड्रियास थोरकिल्डसन र विश्व कीर्तिमान कायम गर्ने चेक गणतन्त्रका जान जेलेज्नी पछि नीरज चोपडा यो सूचीमा आउने थिए।

ताजा अपडेट

नेपालवाच विशेष