सुनको मुल्य बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य ५०० रुपैयाँले बढेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । भने चाँदी तोलामा १० रुपैयाँले घटेर ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी तोलामा ११ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया