NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रेस युनियन अध्यक्षमा संस्थापन पक्षलाई झट्का : ८३१ मतगणनामा कसको कति ?

काठमाडौं । कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनको अध्यक्षमा संस्थापनइतरका उम्मेदवारले निरन्तर अग्रता लिएका छन् । ८३१ मतगणना हुँदा अध्यक्षका उम्मेदवार शिव लम्सालले ४५३ मत ल्याएका हुन् ।

संस्थापनपक्षीय अध्यक्षकी उम्मेदवार अनिता विन्दुले ३६० मत ल्याएकी छिन् । लम्साल ९३ मतले अगाडि देखिएका छन् । अब ५६२ मत गणना हुन बाँकी छ ।

यस अघि युनियनकाे नेतृत्व संस्थापन देउवा पक्षले जितेकाे थियाे ।

यस अघि ६०२ मतगणना गर्दा लम्साल ४५ मतले अघि थिए । दुई मत थप गणना गर्दा लम्साल ९३ मतले अगाडि देखिएका हुन् ।

गणना हुन बाँकी ५६२ मतमा अब लम्साललाई उछिन्नेगरी मत ल्याएमात्रै संस्थापनकी विन्दुले जित्न सक्नेछिन् । अन्यथा लम्साल प्रेस युयिनको अध्यक्षमा निर्वाचित हुनेछन् ।