बुटवलको एक कल सेन्टरबाट डेढ सय युवायुवती पक्राउ
काठमाडौं । ठगी गरेको आरोपमा बुटवलको एक कल सेन्टरबाट प्रहरीले डेढ सयभन्दा बढी युवायुवती प्रक्राउ गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा रहेको ब्लु स्काइ कल सेन्टरमा छापा मारेर प्रहरीले ७ जना सञ्चालकसहित डेढ सय युवायुवतीलाई पक्राउ गरेको हो ।
उनीहरूले सर्वसाधारणलाई म्यासेज पठाएर ट्रयापमा पारेको अनुसन्धानबाट भेटिएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार उनीहरूले जानकीनगरमा ३ वटा फ्ल्याट भाडामा लिइ कार्यालय नै राखेर ठगी धन्दा चलाएका थिए । सो कार्यालयमा विदेशी नागरिकको लगानी रहेको बताइएको छ ।
सर्वसाधारणको मोबाइलमा ह्वाट्सप, फेसबुकलगायत सामाजिक सञ्जालमा चिट्ठा प¥यो भन्दै म्यासेज पठाउने, अश्लील सन्देश पठाउने र ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट पाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया