NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

प्रेस युनियनको महासचिव संस्थापनले गुमाउने पक्का, अध्यक्षमा पनि इतर पक्ष हावी

काठमाडौं । कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको प्रभावशाली दुई पदमा संस्थापन इतर जिततर्फ अघि बढेको छ । अध्यक्षमा संस्थापननिकटलाई पछाडि छोड्दै डा. शेखर कोइराला पक्षले अग्रता थप बलियो बनाउँदै लगेको हो ।

अध्यक्षमा कोइराला पक्षधरका शिव लम्सालले ११५ मतको अग्रता लिइरहेका छन् । ९७२ मतगणना हुँदा लम्सालले ५३१ मत ल्याएका छन् । संस्थापनतर्फ अध्यक्षकी उम्मेदवार अनिता विन्दुले ४१६ मत ल्याएकी छिन् ।

मतदानमा १३८३ मत खसेको थियो । अब ४११ मत गणना गर्न बाँकी छ । यस्तोमा लम्साललाई जित्न विन्दुले राम्रो मत ल्याउनुपर्नेछ । तर मतगणनाको सुरुवातदेखि नै लम्सालले अग्रता लिइरहेका छन् । यसैले बाँकी मतगणना विन्दुले दुई तिहाई मत ल्याउँदामात्रै जित्ने देखिन्छ ।

गणना गर्न बाँकी ४११ मतमा लम्सालले १५० मत ल्याउँदा पनि जित्न सक्नेछन् । तर लम्सालाई जित्नेगरी ४११ मा कम्तिमा २६५ बढी मत विन्दुले ल्याउनुपर्नेहुन्छ । यसै बाँकी मतमा लम्साल सहज अवस्थामा देखिएका छन् ।

महासचिवमा पनि संस्थापनलाई इतर कोइराला पक्षले धक्का दिएको छ । कोइराला निकटका दिलीप पौडेलले ६४७ मत ल्याउँदा संस्थापनका उम्मेदवार जगन्नाथ दुलालले २९२ मत ल्याएका छन् । यस्तोमा दिलीप ३३५ मतले अघि रहँदै जितनजिक पुगेका छन् ।

अब ४५ मत ल्याए दिलीपको जित पक्का देखिन्छ । यसैले संस्थापनले महासचिव गुमाउने पक्का देखिएको हो ।