भक्तपुरमा रुखले किचेर मृत्यु भएका सबैको पहिचान
भक्तपुर । भक्तपुर दूधपाटीस्थित आइतबार दिउँसो रुख ढलेर बस र स्कुटर किच्दा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना स्कुटी चालक र दुई जना बसमा सवार यात्रु रहेका छन् ।
भक्तपुर नगरपालिका–७ गोलमडीका न्हुच्छेराम बोखाद्यौ, भक्तपुर नगरपालिका–३ का विशेष खर्बुजा र सिन्धुलीका ३० वर्षीय राजकुमार भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार न्हुच्छेराम बा ६१ प ३९७८ नम्बरको स्कुटीमा भक्तपुरबाट सल्लाघारीतर्फ जाँदै थिए । उक्त घटनामा घाइते भएका १२ जनाको इबामुरा मेमोरियल अस्पताल, मध्यपुर र भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ ।
सल्लाघारीमा रुख ढलेर केहीबेर सडक अवरुद्ध भएको थियो । अहिले भने सुरक्षाकर्मीहरूले रुख पन्छाएपछि सडक सञ्चालनमा आएको छ । साथै ३ वटै शवलाई अहिले इबामुरा मेमोरियल अस्पतालमा राखिएको जनाइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया