भक्तपुरमा रुखले किचेर मृत्यु भएका सबैको पहिचान
भक्तपुर । भक्तपुर दूधपाटीस्थित आइतबार दिउँसो रुख ढलेर बस र स्कुटर किच्दा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना स्कुटी चालक र दुई जना बसमा सवार यात्रु रहेका छन् ।
भक्तपुर नगरपालिका–७ गोलमडीका न्हुच्छेराम बोखाद्यौ, भक्तपुर नगरपालिका–३ का विशेष खर्बुजा र सिन्धुलीका ३० वर्षीय राजकुमार भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार न्हुच्छेराम बा ६१ प ३९७८ नम्बरको स्कुटीमा भक्तपुरबाट सल्लाघारीतर्फ जाँदै थिए । उक्त घटनामा घाइते भएका १२ जनाको इबामुरा मेमोरियल अस्पताल, मध्यपुर र भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ ।
सल्लाघारीमा रुख ढलेर केहीबेर सडक अवरुद्ध भएको थियो । अहिले भने सुरक्षाकर्मीहरूले रुख पन्छाएपछि सडक सञ्चालनमा आएको छ । साथै ३ वटै शवलाई अहिले इबामुरा मेमोरियल अस्पतालमा राखिएको जनाइएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया