प्रधानमन्त्रीका ज्वाइँ पहिलो वरीयतामा एसएसपी बढुवा सिफारिस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका भतिजी–ज्वाइँ दीपेन्द्र कुँवर ‘ख’ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
कुँवर प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी–ज्वाइँ हुन् । भानु भने देउवाका भाइका छोरा अर्थात भतिजा हुन् ।
ज्वाइँ कुँवरलाइ दुई नम्बर ज्येष्ठतामा क्रममा राखेर आइतबार गृह मन्त्रालयले बढुवा गरेको हो ।
नेपाल प्रहरीमा एक साताअघि भएको बढुवामा पनि डिएसपीमा आफ्नो भर्ना ब्याचमध्ये २५ औँ स्थानमा रहेका प्रधानमन्त्री देउवाका अंगरक्षक (पिएसओ) कोमल शाह पहिलो नम्बरमा रहेर एसपी बढुवाका लागि सिफारिस भएका थिए ।
प्रधानमन्त्री देउवाकै शक्तिका कारण शाहले २४ स्थान माथि उक्लिएर पहिलो स्थान कब्जा गरेको बताइएको छ ।
ताजा अपडेट
-
आकस्मिक गर्भनिरोधक चक्कीले पनि हुन्छ अनियमित महिनावारी
-
ठगका अनेक चालः टर्कीको भूकम्प पुनःनिर्माणमा पठाइदिने भन्दै करोडौं ठगी
-
प्रविधि पछ्याउँदै प्रहरीः गुनासो व्यवस्थापनका लागि उजुरी पेटिकाबाट क्युआर कोडतर्फ
-
सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
-
कामपाले निर्धारण गर्यो अनुगमन गर्न १६ सूचक
प्रतिक्रिया