२२४ मतगणना गर्न बाँकी हुँदा प्रेस युनियनमा केही पदाधिकारीमा रोचक प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनमा पदाधिकारीतर्फ अब २२४ मतमात्रै गणना हुन बाँकी छ ।
जसमा अध्यक्षमा शिव लम्साल १२१ मतले अगाडि देखिएका छन् । लम्सालले ६३४ र विन्दुले ५१३ मत ल्याएका छन् । अध्यक्षका अर्का उम्मेदवार भुवन भट्टले १२ मत ल्याएका छन् ।
वरिष्ठ उपाध्यक्षमा भने रोचक प्रतिस्पर्धा देखिएको छ । संस्थापनका सरोज अधिकारीले ५६१ मत ल्याउँदा इतर शेखर कोइराला पक्षका प्रेम केसीले ५८१ मत ल्याएका छन् ।
महासचिवमा ४०१ मतले अगाडि रहेका दिलीप पौडेलको जित पक्का भएको छ । प्रतिस्पर्धी जगन्नाथ दुलालले ३५९ मत ल्याएका छन् । उपाध्यक्ष महिलामा सलोजा दाहाले एक सय बढीको अग्रता लिएकी छिन् ।
उपाध्यक्ष खुलामा नकुल अर्याल र भीष्मराज ओझा जिततर्फ अघि बढेका छन् । सचिवका चार पदमा भने रोचक प्रतिस्पर्धा भइरहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया