NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रेस युनियनको शक्तिशाली पदमा संस्थापन देउवालाई झट्का : अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव सबै शेखरको पोल्टामा

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको दुवै प्रभावशाली पदमा संस्थापन पक्ष पराजित भएको छ । अध्यक्षमा डा. शेखर कोइराला पक्ष निकटका शिव लम्सालले बाजी मारेका छन् । वरिष्ठ उपाध्यक्षमा र महासचिवमा पनि शेखर पक्षकै विजयी भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र महासचिवमा दिलीप पौडेल विजयी भएका हुन् ।

अध्यक्षमा लम्सालले संस्थापन निकटकी उम्मेदवार अनिता विन्दूलाई पराजित गरेका हुन् ।

महासचिवमा पौडेलले संस्थापनका जगन्नाथ दुलाललाई पराजित गरे ।

खुला उपाध्यक्षमा पनि लम्साल प्यानलबाट उम्मेदवार बनेका नेपाल नकुल अर्याल निर्वाचित भएका छन् ।

खुला उपाध्यक्षकै अर्को एक कोटामा भने संस्थापन पक्षका भीष्मराज ओझा विजयी भएका छन् ।

यस्तै कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल विजयी भएका छन् ।

कांग्रेसको १४ औं महाधिवेशनपछि संस्थापन पक्षसँग हरेक विषयमा मतान्तर राख्दै आएको कोइराला पक्षले प्रेस युनियनको चुनावलाई यसपटक निक्कै प्रतिष्ठाको विषय बनाएको थियो । र, सोहीअनुसार नतिजा पनि ल्याइरहेको छ ।

हालसम्म जितेका :

अध्यक्ष : शिव लम्साल

वरिष्ठ उपाध्यक्ष : प्रेम केसी

उपाध्यक्ष : भीष्मराज ओझा, नकुल अर्याल

महासचिव : दिलीप पौडेल

कोषाध्यक्ष : माधव धिताल

सचिवमा केदार दाहाल विजयी भएका छन् । अन्य तीन कोटाको नतिजा आउन बाँकी छ ।