NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

एउटा खेल बाँकी छँदै भारतलाई सिरिज

काठमाडौं । वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय शृङ्खलामा भारतले २–० को अग्रता लिएको छ ।

आइतबार (२४ जुलाई) मा भएको दोस्रो खेलमा उसले २ विकेटले जित हात पारेको हो ।

यसअघि शुक्रबार भएको पहिलो एक दिवसीयमा भारत तीन रनले विजयी भएको थियो ।

पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३११ रन बनाएको थियो । जवाफमा भारतीय टोलीले ४९.४ ओभरमा ८ विकेट गुमाएर ३१२ रन बनायो।

भारतको जितका नायक अलराउन्डर अक्षर पटेल बने । बलिङमा एक विकेट लिनुका साथै ब्याटिङमा उनले अविजित ६४ रन बनाए ।

अक्षरले अन्तिम १० ओभरमा उत्कृष्ट ब्याटिङ गरे । अन्तिम ओभरमा टिमलाई जितका लागि आठ रन जोड्नु परेको थियो । निकोलस पूरनले काइल मेयर्सलाई बलिङ गर्न बोलाए। मेयर्सका लागि यो खेल अहिलेसम्म उत्कृष्ट रहेको छ। ब्याटिङमा २३ बलमा ३९ रन बनाउनुका साथै उनले शिखर धवनको उत्कृष्ट क्याच पनि लिए । सञ्जु सैमसन उत्कृष्ट थ्रोमा रनआउट भए र बलिङमा दुई विकेट लिए । पूरनले अन्तिम ओभरमा उनीबाट चमत्कारको अपेक्षा गरेका थिए तर त्यसो भएन। भारतका लागि अक्षर पटेलले चौथो बलमा छक्का प्रहार गर्दै खेललाई जित दिलाए ।

भारतले वेस्ट इन्डिजविरुद्धको १२ औं शृङ्खला लगातार जितेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष