उत्तर प्रदेशमा बस ठोक्किए, आठ जनाको मृत्यु
काठमाडौं (एजेन्सी) । भारतको उत्तर प्रदेशको बाराबंकी जिल्लामा दुई यात्रुवाहक बस आपसमा ठोक्किएर दुर्घटना हुँदा आठ यात्रुको मृत्यु भएको छ । १२ जनाभन्दा बढी घाइते छन् ।
जानकारी अनुसार, बिहारको दरभंगाको लोखा सहरबाट करिब ५० यात्रु लिएर एउटा डबल डेकर बस दिल्ली जाँदै थियो । डबलडेकर बस बाराबंकीको हैदरगढमा पूर्वाञ्चल एक्सप्रेसवेमा २४ किलोमिटर पुगेपछि रोकियो । त्यही क्रममा पछाडिबाट तीव्र गतिमा आएको अर्को बसले ठक्कर दिएको थियो ।
दुर्घटनामा दुवै बसका यात्रु घाइते भएका छन् । घाइतेहरूलाई १०८ एम्बुलेन्सबाट सीएचसी हैदरगढ लगिएको छ। जहाँ चिकित्सकले एक महिला र एक किशोरीसहित आठ जनालाई मृत घोषणा गरेका थिए ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया