उत्तर प्रदेशमा बस ठोक्किए, आठ जनाको मृत्यु
काठमाडौं (एजेन्सी) । भारतको उत्तर प्रदेशको बाराबंकी जिल्लामा दुई यात्रुवाहक बस आपसमा ठोक्किएर दुर्घटना हुँदा आठ यात्रुको मृत्यु भएको छ । १२ जनाभन्दा बढी घाइते छन् ।
जानकारी अनुसार, बिहारको दरभंगाको लोखा सहरबाट करिब ५० यात्रु लिएर एउटा डबल डेकर बस दिल्ली जाँदै थियो । डबलडेकर बस बाराबंकीको हैदरगढमा पूर्वाञ्चल एक्सप्रेसवेमा २४ किलोमिटर पुगेपछि रोकियो । त्यही क्रममा पछाडिबाट तीव्र गतिमा आएको अर्को बसले ठक्कर दिएको थियो ।
दुर्घटनामा दुवै बसका यात्रु घाइते भएका छन् । घाइतेहरूलाई १०८ एम्बुलेन्सबाट सीएचसी हैदरगढ लगिएको छ। जहाँ चिकित्सकले एक महिला र एक किशोरीसहित आठ जनालाई मृत घोषणा गरेका थिए ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया