अगरबत्ती बाल्दा ध्यान दिनुहोस् यस्ता कुरा

काठमाडौं । हामी सबैले भगवानको पुजा आराधना गर्दा अगरबत्ती बाल्ने गर्छाैं । घरको सुख शान्ति तथा उर्जाका लागि पनि मानिस घरमा अगरबत्तीको प्रयोग गर्छन् । कोही कसैको बानी अगरबत्ती नबालि चित्त नबुझनेसमेत हुन्छ । तर यस्तो अगरबत्ती बाल्दा केही कुराको ज्ञान हुन जरुरी छ ।
हामीले दिनहुँ बाल्ने अगरबत्तीले क्यान्सर लाग्ने सम्भावना अधिक हुन्छ । अगरबत्तीको धुवाँबाट ब्रोंकाइटिस, भाेकल कर्ड, श्वासनलीमा समस्या तथा आन्द्रा र गुप्ताङको क्यान्सर हुन सक्छ ।
अगरबत्तीलाई राम्रो तथा वास्नादार बनाउन कार्बन कणको प्रयोग गरिएको हुन्छ । जसलाई बाल्दा धुवाँबाट कार्बनडाइअक्साइड आउँछ । यसले आन्द्रामा असर गर्छ । लामो समयसम्म कार्बनमाेनो अक्साइड लिँदा श्वासनलीको क्यान्सर हुन सक्छ ।
एक अध्ययनले पुजापाठमा प्रयोग हुने अगरबत्ती स्वास्थ्यका लागि हानीकारक हुने पुष्टि गरेको छ । यसबाट निस्कने धुँवा शरीरमा हानिकारक हुन्छ । यो चुरोटको धुवाँभन्दा पनि बढी खतराजनक मानिन्छ । अनुसन्धानका अनुसार यसको धुवाँले डिएनएमा पनि परिवर्तन ल्याउँछ । जसले क्यान्सर हुने खतरा बढाउँछ ।
यसबाट बच्न घरमा अगरबत्तीको सट्टा धुपको प्रयोग गर्दा राम्रो हुन्छ । यो गाईको गोबर तथा अन्य जलनशील पदार्थले बनाउने हुँदा यसले शरीरमा असर गर्दैन । आयुर्वेदिक चिकित्सामा लोहाबानको प्रयोग जाेर्नी दुख्ने , पाचन, दम र ओरल हेल्थको उपचार गर्ने गरिन्छ । सन् २०१७ मा गरिएको अनुसन्धानमा यसको प्रयोगले पेटको दुखाई तथा इरीटेबल डाउनसिन्ड्रोम भएका मानिसमा डिप्रेसन तथा चिन्ता कम गराउने पत्ता लागेको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया