आफ्नै साथीकी श्रीमतीसँग सम्बन्ध रहेको एलन मस्कले गरे अस्वीकार
काठमाडौं । टेस्ला कम्पनीका मालिक एलन मस्कले गुगल कम्पनीका सहसंस्थापक सर्गेइ ब्रिनकी पत्नीसँग आफ्नो सम्बन्ध रहेको अस्वीकार गरेका छन् ।
मस्क र ब्रिनबीचको मित्रता मस्क र निकोल शानहनबीच रहेको कथित सम्बन्धका कारण भंग भएको विवरण वाल स्ट्रीट जर्नलले प्रकाशित गरेपछि मस्कले त्यसबारे टिप्पणी गरेका हुन् । वाल स्ट्रीट जर्नलले आफ्नो समाचार सामग्रीको लिङ्क ट्विटरमा हालेपछि त्यसमा प्रतिक्रिया दिँदै मस्कले उक्त रिपोर्टलाई पूर्णतः वाहियातको सङ्ज्ञा दिएका छन् ।
ब्रिनसँग मित्रता कायम रहेको दाबी गर्दै उनले हिजो राति एउटा पार्टीमा आफूहरूसँगै भएको उल्लेख गरेका छन् । उक्त विषयमा जानकारी भएका व्यक्तिहरूलाई उद्धृत गर्दै वाल स्ट्रीट जर्नलले मस्कको शानहनसँग गत वर्षको अन्त्यतिर छोटो सम्बन्ध रहेको जनाएको छ ।
तर मस्कले ट्विटरमा उनले तीन वर्षमा निकोललाई दुईपटक मात्र भटेको बताए । साथै उनले दुवैपटक धेरै मानिसहरू वरपरि भएको ठाउँमा भेट भएको ट्विटरमा लेखेका छन् ।
डिसेम्बरमा भएको भनिएको सम्बन्धका बेला ब्रिन र उनकी श्रीमती छुट्टिसकेका भए पनि सँगसँगै बस्ने गरेको वाल स्ट्रीट जर्नलले शानहनसँग निकटवर्ती एक व्यक्तिलाई उद्धृत गर्दै जनाएको थियो ।
अर्को ट्वीटमा मस्कले वालस्ट्रीट जर्नलले आफ्नो र टेस्लाका बारेमा धेरै अनर्गल सामाग्री प्रकाशित गरेको आरोपसमेत लगाएका छन् ।
Elon Musk’s allegedly banged Google co-founder Sergey Brin’s wife leading to the couple’s divorce filing. The two are apparently no longer friends. @elonmusk https://t.co/87JEc3fSe6
— Whole Mars Catalog (@WholeMarsBlog) July 24, 2022
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया