NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

‘नो पार्किङ’ क्षेत्रमा यातायातमन्त्रीकै गाडी पार्किङ !

काठमाडौं । नियम उल्लङ्घन गरेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीकै गाडी ट्राफिक कारबाहीमा परेको छ ।

यातायातमन्त्री मोहम्मद इस्तियाक राईले प्रयोग गर्दै आएको गाडी पार्किङ निषेधित क्षेत्रमा रोकेको भेटिएपछि ट्राफिक कारबाहीमा परेको हो ।

ललितपुरको जाउलाखेलमा ट्राफिक नियम उल्लंघन गर्दै बा२२च २५८३ नम्बरको गाडी पार्किङ गरेपछि कारबाहीस्वरुप यातायातमन्त्रीका चालकलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । ‘नो पार्किङ’ क्षेत्रमा उक्त गाडी रोकिएको पाइएको प्रहरीको दाबी छ ।

सो गाडी मन्त्री राईले चढ्दै आएको भए पनि सो समयमा उनी त्यहाँ थिएनन् खुल्न सकेको छैन ।