NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रेस युनियनमा जसले सबैभन्दा बढी मत ल्याएर जितिन्

काठमाडौं । नेपाल प्रेस युनियनको नवौं महाधिवेशन ८ वर्षपछि भएको छ । प्रत्येक तीनतीन वर्षमा हुनुपर्ने भए पनि ८ वर्षपछि नवौं महाधिवेशन हेटौंडामा सम्पन्न भएको हो । महाधिवेशनमा अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, उपाध्यक्षमा नकुल अर्याल र भीष्मराज ओझा र महासचिवमा दिलीप पौडेल विजयी भएका छन् । सचिवमा भुवन शर्मा, केदार दाहाल, खगेन्द्र भण्डारी र तीर्थराज बस्नेत विजयी भएका छन् ।

तर महाधिवेशनमा सबैभन्दा बढी मत भने सरिता खनालले प्राप्त गरेकी छिन् । खसेको १३९३ मतमध्ये खनालले महिला खुला केन्द्रीय सदस्यमा १०२१ मत प्राप्त गरेकी हुन् । एक हजार मत कटाउने खनाल नै एकमात्र उम्मेदवार हुन् ।

रेडियो नेपालमा कार्यरत उनले महिला खुला केन्द्रीय सदस्यमा सानदार जित दर्ता गरेकी हुन् । सबैभन्दा बढी मत ल्याएर जितेपछि उनले मतदाताप्रति आभार व्यक्त गरेकी छिन् ।

‘नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा सबैभन्दा धेरै कुल १३९३ मत मध्ये १०२१ मत दिएर विजयी गराउनुहुने केन्द्रीय प्रतिनिधि, अग्रज तथा साथीहरुप्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु । यो अभियानमा मलाई साथ, सहयोग र उर्जा दिने परिवारका सदस्य, कार्यालयका अग्रज एवं साथीहरू र शुभचिन्तकप्रति पनि कृतज्ञ छु’ उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘मप्रतिको आशा, भरोसा, विश्वास र अटुट मायालाई कहिल्यै टुट्न दिने छैन । तपाइँले दिएको मत, हौसला र विश्वासको सदा सम्मान गर्नेछु ।’
उनी स्याङजाकी हुन् ।