भारतकी नवनिर्वाचित राष्ट्रपतिले लिइन् शपथ
नयाँ दिल्ली । भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपती मुर्मुले सोमबार पद तथा गोपनीयताको शपथ लिएकी छिन् ।
भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित भएकी ६४ वर्षीया मुर्मुलाई प्रधानन्यायाधीश एन. भी. रमनले शपथ गराएका हुन् । भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्मा शपथ खुवाउने व्यवस्था छ ।
नवनिर्वाचित राष्ट्रपति मुर्मुका विरुद्धमा विपक्षी दलहरूले यसबन्त सिंहलाई उम्मेदवार बनाएका थिए । नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा वर्तमान राष्ट्रपति रामनाथ कोभिन्द पनि संसद् भवनमा उपस्थित थिए ।
भारतमा गत जुलाई १८ मा राष्ट्रपति चयनका लागि निर्वाचन भएको थियो भने उपराष्ट्रपति चयनका लागि आगामी अगस्ट ६ मा निर्वाचन हुने तय भएको छ ।
वर्तमान उपराष्ट्रपति वेङ्कैया नायडुको कार्यकाल यही अगस्ट १० मा सकिने भएकाले नयाँ उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपति चयनका लागि यसअघि सन् २०१७ मा निर्वाचन भएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया