NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

देउवाविरुद्ध चुनाव लड्ने घोषणा गरेका युवा लागे नाइट बस चढेर डडेल्धुरा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्ने घोषणा गरेका ३२ वर्षीय युवा सागर ढकाल डडेल्धुरा प्रस्थान गरेका छन् ।

चुनावको तयारीका लागि भन्दै उनी सोमबार साँझ नाइट बस चढेर प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरातिर लागेका हुन् ।

सामाजिक सञ्जालमा बससहितको तस्बिर राखेर ढकाल आफैँले यसको जानकारी दिएका हुन् ।

‘चुनावको तयारीका लागि नाइट बसमा डडेल्धुरातिर लागियो । म जहाँ जान्छु, चाहे त्यो नेपाल होस् या सुडान या कीर्गिस्तान, ४–६ महिनामा सफल काम गर्ने मोडेल बनाएर छोडेको छु,’ उनले लेखेका छन्, ‘यो पनि त्यही प्रयासको एक अंश हो । हामीले सकेको कमभन्दा कम खर्च गर्ने प्रयास गर्नेछौँ । हेलिकप्टर र गाडीका ताँती छोडेर मोटरसाइकल र साइकल मात्र प्रयोग गर्नेछौ । ठूल–ठूला सभाहलका भाषण सुन्ने कार्यक्रम पूर्ण रुपमा छोडेर चौतारी वा सडकमा, पानीसँगै भिज्दै बसेर आमाबुवा, छोराछोरी र साथीहरूसँग भालाकुसारी गर्नेछौँ । घोषणापत्र होइन कार्यान्वयनपत्र छिट्टै सार्वजनिक गर्नेछौ ।’

गुल्मी घर भएका ढकालले पाँच वर्षअघि बिबिसी साझा सवालमा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका देउवालाई प्रश्न सोधेका थिए । देउवाले भने कड्किएर त्यसको जवाफ दिएका थिए । त्यसपछि ढकाल चर्चामा आएका हुन् ।

यस्तो छ उनको पूरा भनाइ :

देउवालाई पाँच वर्षअघि प्रश्न गरेका युवा ढकाल देउवाविरुद्ध डडेल्धुराबाट चुनाव लड्ने