NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

इच्छाराज प्रकरणमा मुछिएका अधिवक्ताले दिए स्पष्टीकरण

काठमाडौं । घुस प्रकरणमा मुछिएका अधिवक्ता रुद्रप्रसाद पोखरेलले स्पष्टीकरण दिएका छन् ।

इच्छाराजलाई छुटाउन वकिलमार्फत न्यायाधीश राजकुमारलाई दुई करोड घुस !

ठगीको आरोप लागेका व्यवसायी इच्छाराज तामाङलाई छुटाउन न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका अधिवक्ता पोखरेलले सोमबार नेपाल कानुन व्यवसायी परिषद्समक्ष स्पष्टीकरण दिएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश कोइरालालाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि परिषद्ले उनलाई एक साताभित्र स्पष्टीकरण दिन सार्वजनिक सूचना निकालेको थियो ।

इच्छाराज प्रकरणमा मुछिएका न्यायाधीशले दिए स्पष्टीकरण

अरु प्रशंगमा बोलेका विषयलाई तोडमोड गरिएको भन्दै आफूले घुस बार्गेनिङ गरेको कुरा अभिवक्ता पोखरेलले अस्वीकार गरेको परिषद् स्रोतले जनाएको छ ।

‘सो अडियो र कुराकानी मेरै हो भन्ने परेको रहेछ । तर अरु नै प्रसंगमा बोलेका कुराहरूलाई तोडमोड गरिएको हो,’ पोखरेलको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

पोखरेलले दिएको स्पष्टीकरण पेश भइसकेपछि त्यसबारेमा अध्ययन गर्न परिषद्को अनुशासन समितिको बैठक बस्ने बताइएको छ । त्यसपछि थप निर्णय हुने बताइएको छ ।

न्यायाधीशसँग घुस बार्गेनिङ गर्ने पोखरेलसँग परिषद्ले माग्यो स्पष्टीकरण