प्रचण्ड र वामदेवबीच भेटवार्ता
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
दुई नेताबीच प्रचण्ड निवास खुमलटारमा सोमबार साँझ करिब आधा घण्टा भेटवार्ता भएको हो ।
प्रचण्ड र गौतमबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको बताइएको छ ।
नेकपा विभाजनपछि केही समय मौन बसेका गौतमले केही समयअघि मात्रै एकता अभियान घोषणा गरेका थिए ।
यता, प्रचण्ड पनि बेला–बेला समाजवादी केन्द्रको कुरा उठाउने गर्छन् । यसै मेसोमा उनले केहीदिनअघि डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया