एमाले–माओवादीलाई प्रत्यक्षतर्फ १४५ सिट !

काठमाडौं । संघीय संसदको निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको छ । गृह मन्त्रालयले दुई महिना लगाएर गरेको एक अध्ययनअनुसार, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टाछुट्टै निर्वाचनमा गए कसैको पनि बहुमत नआउने देखिएको छ ।
गृह मन्त्रालयले हरेक क्षेत्रमा आफ्नो संयन्त्र लगाएर गरेको सर्भेक्षणअनुसार अहिलेको परिस्थितिमा एक्लाएक्लै निर्वाचनमा गए कांग्रेसले ७७ सिटमा जित हासिल गर्नेछ । त्यसैगरी, एमालेले ७० सिट र माओवादीले ८ सिट जित्नेछ । जनता समाजवादी पार्टीले चार सिट, लोकतान्त्रिक समाजवादी पार्टीले दुई सिट तथा नेपाल मजदुर किसान पार्टी र एकीकृत समाजवादीले १÷१ सिट जित्ने रिपोर्ट निकालिएको छ ।
यो रिपोर्ट गृहमन्त्री बालकृष्ण खाणले कांग्रेस केन्द्रीय समिति बैठकमा पेस गरेका थिए । यसमा दुई सिट खाली राखिएका छन् ।
मन्त्रालयले तयार पारेको सो रिपोर्टमा ७७ स्थानमा जित निकाल्ने कांग्रेस ७९ स्थानमा दोस्रो, सात स्थानमा तेस्रो र एक स्थानमा चौथो हुनेछ ।
त्यसैगरी ७० सिट जित्ने एमाले ६६ स्थानमा दोस्रो, २२ स्थानमा तेस्रो र चार स्थानमा चौथो हुने उल्लेख छ ।
आठ स्थान जित्ने भएको माओवादी १० स्थानमा दोस्रो, ८३ स्थानमा तेस्रो र २९ स्थानमा चौथो हुने बताइएको छ । आजको नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया