करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते
पाँचथर । यहाँ करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
अन्न पिस्ने मिलमा विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।
करेन्ट लागेर सोही स्थानका ३५ वर्षीय पूर्णकुमार मगर घाइते भएका छन् ।
सोमबार दिउँसो २ बजे जीवनको घरमा जडान गरिएको मिलमा अन्न पिस्ने क्रममा उनीहरूलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकामा अस्पताल पु¥याउनासाथ जीवनलाई चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका पूर्णकुमारको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक जीवनले हालैमात्र घरमा उक्त मिल जडान गरेको स्थानीयवासीले बताएका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यको उम्मेदवार भई झिनो मतान्तरले पराजित भएका थिए ।
ताजा अपडेट
-
तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
-
बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सुरु हुँदै
-
श्रमिकका अधिकार सुनिश्चित गर्न मानव अधिकार आयोगको माग
-
तीन लाख ४० हजार पशु चौपायालाई खोप
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरी : पूर्वप्रधानमन्त्री खनाल
प्रतिक्रिया