ज्यान मार्ने धम्कीपछि मुम्बई प्रहरीले बढायो कट्रिनाको सुरक्षा

एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ र उनका श्रीमान तथा अभिनेता विक्की कौशललाई ज्यान मार्ने धम्की आएसँगै मुम्बइ प्रहरीले सुरक्षा निगरानी बढाएको छ ।
उनीहरूलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले मनविन्दर सिंह नाम गरेका एक व्यक्तिलाई मुम्बइबाट पक्राउ गरेको छ । मनमिन्दरल नै उनीहरूलाई धम्की दिएको र पछ्याएको आरोप छ ।
विक्कीले सोमबारमात्रै प्रहरी चौकीमा यससम्बन्धी उजुरी दर्ता गराएका थिए । त्यसमा उनले एक व्यक्तिले कट्रिनालाई सामाजिक सञ्जालमा पछ्याइरहेको र आफूलाई ज्यान मार्ने धम्की दिएको बताएका थिए । जसकारण प्रहरीले कट्रिनाको सुरक्षा बढाएको हो ।
हाल कट्रिना फिल्म ‘मेरी क्रिसमस’ को सुटिङमा व्यस्त छिन् । उनको सुटिङ मुम्बइमा भइरहेको छ । ज्यान मार्ने धम्की पछिसुटिङस्थलमै मुम्बइ प्रहरीको एक स्पेशल टिम तैनाथ छ ।
यसअघि अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की आएको थियो ।
त्यसपछि उनीमाथि गोली प्रहार गर्ने प्रयाससमेत भइसकेको छ । हाल प्रहरीले उनीमाथि पनि सुरक्षा निगरानी बढाएको छ । मुम्बइ प्रहरीको एउटा स्पेशल टिम उनको सुरक्षाका लागि २४ घण्टा खटिएको छ ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया