छानबिन समितिलाई गृहको जवाफ : सिंहदरबार गेटको सिसिटिभी फुटेज मेटिइसक्यो
काठमाडौं । गत जेठ १४ गते राति बजेट निर्माणमा अनधिकृत व्यक्तिहरू संग्लग्न गराएको प्रकरणमा मुछिएपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन भइरहेको छ । यसका लागि संसदीय विशेष समिति गठन भएको छ ।
सुरुमा समितिले १० दिनको समय लिएको थियो । त्यो नपुगेर ७ दिन थपिएको थियो ।
यसैबीच, समितिले गृह मन्त्रालयसँग सिंहदरबार गेटको जेठ १५ सम्मका दुवै गेटका सिसिटिभी फुटेज मागेको थियो । तर, गृहले भने सो फुटेज मेटिएको जवाफ दिएको छ ।
छानबिन समितिका एक सदस्यका अनुसार मन्त्रालयले १६ दिन अवधिकोभन्दा अघिको फुटेज नभएको भन्ने जवाफ दिएको छ।
यद्यपि, समितिले अर्थ मन्त्रालयभित्रको सिसिटिभी फुटेज भने पाएको छ । तर, त्यो पनि धेरै मधुरो भएको बताइएको छ ।
यसअघि मेटाइएको भनिएको फुटेज मन्त्रालयमा रहेको हार्डडिस्कबाट रिकभर गरिएको हो ।
सिसिटिभी फुटेज प्रकरण : प्रहरी रिपोर्टको सिल खोलियो, अब विज्ञसँग परामर्श गरिने
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया