छानबिन समितिलाई गृहको जवाफ : सिंहदरबार गेटको सिसिटिभी फुटेज मेटिइसक्यो

काठमाडौं । गत जेठ १४ गते राति बजेट निर्माणमा अनधिकृत व्यक्तिहरू संग्लग्न गराएको प्रकरणमा मुछिएपछि तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन भइरहेको छ । यसका लागि संसदीय विशेष समिति गठन भएको छ ।
सुरुमा समितिले १० दिनको समय लिएको थियो । त्यो नपुगेर ७ दिन थपिएको थियो ।
यसैबीच, समितिले गृह मन्त्रालयसँग सिंहदरबार गेटको जेठ १५ सम्मका दुवै गेटका सिसिटिभी फुटेज मागेको थियो । तर, गृहले भने सो फुटेज मेटिएको जवाफ दिएको छ ।
छानबिन समितिका एक सदस्यका अनुसार मन्त्रालयले १६ दिन अवधिकोभन्दा अघिको फुटेज नभएको भन्ने जवाफ दिएको छ।
यद्यपि, समितिले अर्थ मन्त्रालयभित्रको सिसिटिभी फुटेज भने पाएको छ । तर, त्यो पनि धेरै मधुरो भएको बताइएको छ ।
यसअघि मेटाइएको भनिएको फुटेज मन्त्रालयमा रहेको हार्डडिस्कबाट रिकभर गरिएको हो ।
सिसिटिभी फुटेज प्रकरण : प्रहरी रिपोर्टको सिल खोलियो, अब विज्ञसँग परामर्श गरिने
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया