खोलाले बगाएर वडा सदस्यको मृत्यु
नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मङ्गलबार साँझ मृत्यु भएको छ ।
बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए ।
खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्वारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो ।
तामाङको शव करिब एक किलोमिटर तल वडा नं. १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताए । उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट महिला सदस्यमा निर्वाचित भएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया