कांग्रेस नेता प्रदीप गिरि अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं । कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । भारतमा क्यान्सरको उपचार गराएर आएका गिरिलाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।
गिरिको भारतको दिल्ली र बम्बइ शहरमा क्यान्सरको उपचार भएको थियो । उनलाई निमाेनियासँगकाे संक्रमण पनि देखिएकाे छ । रोगसंग प्रतिरोधगर्ने शक्ति घट्न नदिन उनलाई फर्किएलगत्तै मेडिसिटी अस्पतालमा भर्ना गरिएको पत्रकार किशोर नेपालले जनाएका छन् ।
नेपालका अनुसार गिरिको स्वास्थ्यमा सुधार आउँदैछ । स्वास्थ्यमा समस्या देखिएपछि गिरिले लामो समयदेखि भारतमा उपचार गराउँदै आएका थिए ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया