NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सलमानदेखि दीपिकासम्म, थोरै पढेका यी बलिउड कलाकार

काठमाडौं । बलिउड कलाकारहरुले आफ्नो अभिनयका कारण प्रशंसकहरुको मन जितेका छन् तर अभिनयमा अब्बल र फिल्मी क्षेत्रमा अधिक सफल भएका कतिपय बलिउड स्टारको औपचारिक पढाई खासै धेरै छैन । अभिनयमा लागेपछि बीचमै पढाइ छोडेर कलाकारको सूचीमा दीपिका पादुकोण, अक्षय कुमारदेखि सलमान र ऐश्वर्या जस्ता स्टारहरुको नाम पर्छ ।

करिश्मा कपूर
करिश्मा कपुरले प्रेमकैदीबाट कलाकारिता सुरु गरेकी थिइन् । करिश्मा उत्कृष्ट कलाकार बन्न चाहन्थिन त्यसैले उनले आफ्नो पढाइलाई बिचमा नै छाेडिन् । उनले ५ कक्षासम्म मात्र पढेकी छन् ।

कंगना रनोट
चर्चित अभिनेत्री कंगना रनोटले भारतको डिएभि स्कुलबाट पढाइ गरेकी छन् । १२ कक्षामा केमिस्ट्रिीमा फेल भएकी उनले पुन पढाइ सुरु गरिनन् ।

क्याट्रिना कैफ
क्याट्रिना कैफको पढाई बाल्यकालदेखि नै घरमा भएको हो । उनी कहिले स्कुल गएकी छैनन् । उनको बाल्यकाल धेरै देशमा बितेको छ । उनले १४ वर्षको उमेरमा मोडलिङको करिअर सुरु गरेकी हुन् ।

दीपिका पादुकोण
दीपिकाले १२ कक्षासम्म मात्र अध्ययन गरेकी छन् । उनले एक अन्तरवार्तामा उक्त कुरा खुलाएकी हुन् । दीपिका भारतिय अभिनेत्रीको सूचीमा हाईएस्ट पेड अभिनेत्रीको रुपमा समेत गनिन्छिन् ।

अर्जुन कपुर
अर्जुन कपुर १२ कक्षामा फेल भएका थिए । यसपछि उनले आफ्नो पढाइलाई निरन्तरता दिएनन् । उनको पहिलो चलचित्र सन् २०१२ मा बेनेको इशकजादे हो ।

सलमान खान
सलमान खानले स्नातक तहसम्म अध्ययन गरेका छन् । तर उनले ब्याचलर पुरै सकाएनन् । उनले सन् १९८८ मा आफ्नो पढाई छाडेका थिए ।

ऐश्वर्या राय बच्चन
ऐश्वर्या राय बच्चनले आर्य मन्दिर स्कुलमा पढेकी हुन् । उनी मेडिकलको पढाई गर्न चाहन्थिन तर उनले पछि गएर आर्किटेक्चरको पढाई सुरु गरिन् । उनको आर्किटेक्चर पढाई पुरा भएको छैन ।

अक्षय कुमार

अक्षय कुमारले डन बोस्को स्कुलबाट पढाइ सुरू गरेका हुन् । त्यसपछि उनले गुरु नानक खालसा कलेजमा अध्ययन गरे । तर उनले आफ्नो कलेजको पढाइ भने पुरा गरेनन् । र उनी आफ्नो स्नातकको पढाइ अधुरो छोडेर मार्सल आर्ट सिक्न गए । त्यहाँबाट फर्किएपछि उनले फोटोसुट गराए र उनलाई फिल्म ‘दीदार’का लागि साइन गरिएको थियो । त्यसपछि अक्षयले पढाइमा ध्यान दिएनन् ।