फोहोर फुटपाथमा, पैदलयात्रु सडकमा (फोटोफिचर)
काठमाडौं । सडकमा जथाभावी थुपारिने फाेहरले गर्दा काठमाडाैंमा दुर्गन्ध फैलिरहन्छ । देशको मुख्य केन्द्र रहेको यहाँ सडकका बीच बाटोमा फोहरका थुप्रा थुप्रा जताततै थुपारेको देखिन्छ । महानगरमा फोहरको विषयमा धेरैपटक बहस भइरहन्छ ।
काठमाठौंको फोहर बिर्सजन गर्ने सिसडोल र बञ्चरेडाँडामा स्थानीयले अवरोध गर्न थालेपछि महानगरले फोहर व्यवस्थापन गर्नका लागि नयाँ नीति लागू गरेको छ ।
महानगरले साउन १ गतेबाट स्रोतमै फोहर वर्गीकरण गर्ने बताइसकेको छ । तर त्यसको प्रभाव भने महानगरमा देखिएको छैन । फोहर उठ्ने क्रम जारी रहेसँगै फोहर थुप्रिने क्रम पनि त्यतिनै चलिरहेको छ ।
चोकमा थुप्रिएका फोहरका डङगुर सडकसम्म फैलिँदै छन् । जसले फोहर फुटपाथमा र पैदलयात्रु सडकमा हिड्नुपर्ने अवस्था काठमाडौंका विभिन्न सडकमा छ ।



ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया