फोहोर फुटपाथमा, पैदलयात्रु सडकमा (फोटोफिचर)

काठमाडौं । सडकमा जथाभावी थुपारिने फाेहरले गर्दा काठमाडाैंमा दुर्गन्ध फैलिरहन्छ । देशको मुख्य केन्द्र रहेको यहाँ सडकका बीच बाटोमा फोहरका थुप्रा थुप्रा जताततै थुपारेको देखिन्छ । महानगरमा फोहरको विषयमा धेरैपटक बहस भइरहन्छ ।
काठमाठौंको फोहर बिर्सजन गर्ने सिसडोल र बञ्चरेडाँडामा स्थानीयले अवरोध गर्न थालेपछि महानगरले फोहर व्यवस्थापन गर्नका लागि नयाँ नीति लागू गरेको छ ।
महानगरले साउन १ गतेबाट स्रोतमै फोहर वर्गीकरण गर्ने बताइसकेको छ । तर त्यसको प्रभाव भने महानगरमा देखिएको छैन । फोहर उठ्ने क्रम जारी रहेसँगै फोहर थुप्रिने क्रम पनि त्यतिनै चलिरहेको छ ।
चोकमा थुप्रिएका फोहरका डङगुर सडकसम्म फैलिँदै छन् । जसले फोहर फुटपाथमा र पैदलयात्रु सडकमा हिड्नुपर्ने अवस्था काठमाडौंका विभिन्न सडकमा छ ।
ताजा अपडेट
-
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
-
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
समयमै मल र बीउ पुर्याउने गरी कानुन बनाउन लागेका छौँ : कृषि मन्त्री अधिकारी
-
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइन्छ : प्रधानमन्त्री ओली
-
शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको समय
प्रतिक्रिया