NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

आज आउँदै अमेरिकी सहायक विदेशमन्त्री

काठमाडौं । अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, उनी साँझ त्रिभुवन विमानस्थलमा ओर्लिने छन् ।

गत मंसिर १ मा पनि लू नेपाल आएका थिए । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) संलग्न नहुने मन्त्रिपरिषद्को निर्णयबारे पत्राचार गर्न विलम्ब भइरहेका बेला लू पुनः नेपाल आउन लागेका हुन् ।

अमेरिकी चाहनाअनुसार एसपिपीमा नेपाल सहमत नभएको तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेता फर्केको दुई सातामै भएको लूको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

दुईदिने औपचारिक भ्रमणका लागि लू नेपाल आउन लागे पनि परराष्ट्र मन्त्रालयले यसबारे केही बताएको छैन । स्रोतका अनुसार, भ्रमणको दौरान उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्नेछन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष