NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

वेस्ट इण्डिजमाथि भारतको कीर्तिमानी जित

काठमाडौं । तेस्रो एकदिवसीय खेलमा भारतले वेस्ट इन्डिजलाई ११९ रनले पराजित गरेको छ । वर्षाले प्रभावित खेलमा पहिले ब्याटिङ गरेको भारतीय टोलीले डकवर्थ लुइस नियम अनुसार विन्डिजलाई ३५ ओभरमा २५७ रनको लक्ष्य दिएको थियो । जवाफमा वेस्ट इन्डिजको सम्पूर्ण टोली २६ ओभरमा १३७ रनमा सिमित भयो ।

ब्रान्डन किङ र निकोलस पूरनले आफ्नो टिमको जस्तै सर्वाधिक ४२–४२ रन बनाए ।

भारतका लागि युजभेन्द्र चहलले सर्वाधिक ४ विकेट लिए । एकदिवसीय शृङ्खलापछि अब भारतीय टोलीले वेस्ट इन्डिजसँग जुलाई २९ देखि पाँच खेलको टी–२० सिरिज खेल्नेछ। टी–२० सिरिजमा भारतीय टोलीको नेतृत्व रोहित शर्माले गर्नेछन् । विराट र जसप्रित बुमराहले एकदिवसीयपछि टी–२० सिरिज पनि खेल्ने छैनन् । दुवैलाई विश्राम दिइएको छ ।

तेस्रो एकदिवसीयमा दुईपटक वर्षाले बाधा पुर्यायो र दुवै पटक भारतीय इनिङ्स रोकिएको थियो । पहिलोपटक खेल रोकिएपछि अम्पायरले ४० ओभरमा घटाए । सोही क्रममा दोस्रो पटक रोकिएपछि खेल ३५ ओभरमा सारिएको थियो । पहिले ब्याटिङ गरेको भारतले ३६ ओभरमा ३ विकेट गुमाएर २ सय २५ रन बनाएको थियो । तर ३५ ओभरको खेल भएका कारण वेस्ट इन्डिजले डिएलएसअन्तर्गत २५७ रनको लक्ष्य पाए पनि वेस्ट इन्डिजको टोलीले १३७ रन मात्र बनाउन सक्यो ।

भारतले कीर्तिमान बनायो

यो जितसँगै भारतले एकदिवसीय सिरिजमा वेस्ट इन्डिजलाई पराजित गरेको छ । भारतले एकदिवसीय सिरिज ३–० ले जितेको छ । भारतीय टोलीले ३९ वर्षदेखि वेस्ट इन्डिजमा एकदिवसीय शृंखला खेल्दै आएको छ र पहिलो पटक क्यारेबियन टोलीलाई आफ्नै घरमा क्लिन स्वीप गरेको छ ।

खेलमा अविजित ९८ रन बनाएका शुभमन गिल प्लेयर अफ द म्याच घोषित भए । शुभमनले यस सिरिजमा तीन खेलमा २०५ रन बनाएका थिए । यसका लागि उनी प्लेयर अफ द सिरिजसमेत चुनिए ।

वेस्ट इन्डिजविरुद्धको ११९ रनको जित भारतको आफ्नो माटोमा एकदिवसीय क्रिकेटमा सबैभन्दा ठूलो जित हो। योसँगै भारतले विन्डिजविरुद्धको लगातार १२ औं द्विपक्षीय एकदिवसीय शृंखला जितेको छ । यो एउटै टोलीविरुद्धको सर्वाधिक लगातार द्विपक्षीय शृङ्खला जित्ने कीर्तिमान हो।

वेस्ट इन्डिजको लज्जास्पद कीर्तिमान

योसँगै वेस्ट इन्डिजले घरेलु मैदानमा लगातार दोस्रो एकदिवसीय सिरिजमा लज्जास्पद हार बेहोरेको छ । यसअघि बंगलादेशले विन्डिजलाई ३–० ले क्लिन स्वीप गरेको थियो । विन्डिजले लगातार नवौं एकदिवसीयमा हार बेहोरेको छ । वेस्ट इन्डिजले लगातार ११ ओडिआईमा हार बेहोरेको छ । २००५ मा पनि यस्तै भएको थियो । यो लज्जास्पद कीर्तिमान तोड्न टोली मात्रै दुई हार टाढा छ ।

टस जितेर ब्याटिङ रोजेको भारतीय टोलीले राम्रो सुरुवात गरेको थियो । कप्तान शिखर धवन र शुभमन गिलले पहिलो विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए । धवनले आफ्नो एकदिवसीय करियरको ३७ औं अर्धशतक बनाए । उनी ७४ बलमा ५८ रन बनाएर आउट भए । त्यसपछि श्रेयस अय्यरले शुभमनसँग ८६ रनको साझेदारी गरे। श्रेयस ४४ रन बनाएर आउट भए । सूर्यकुमार यादव आठ रन बनाएर आउट भए ।
वर्षाका कारण शुभमनले शतक पूरा गर्न सकेनन्

दोस्रोपटक खेल रोकिएको बेला शुभमन गिल ९८ रनमा ब्याटिङ गरिरहेका थिए र वर्षाका कारण शतक पूरा गर्न सकेनन् । शुभमन फेरि एकपटक आफ्नो पहिलो अन्तर्राष्ट्रिय शतक बनाउन चुकेका छन् । तीनवटै ढाँचामा नटआउट ९८ रन नै शुभमनको उत्कृष्ट अन्तर्राष्ट्रिय स्कोर हो । योसँगै सञ्जु सामसन ६ रन बनाएर अविजित रहे । वेस्ट इन्डिजका लागि हेडेन वाल्शले दुई र अकिल हुसेनले एक विकेट लिए ।

२५७ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजको टोलीको सुरुवात निकै खराब रह्यो । विन्डिजले शून्यमा दुई विकेट गुमाएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष